हरिवन नगरपालिकामा स्वागत छ।

उपस्थित भई दिने सम्बन्धमा

संक्षिप्त परिचय

हरिवनको नामाकरणको सन्दर्भमा ऐतिहासिक तथा धार्मिक पृष्ठभूमीका अनुसार विभिन्न किवांदन्ती पाईन्छ । प्रथमतः प्राचिन कालमा राजा जनकका भाइ सभाउ जनकले हालको वडा नं ९मा एउटा पोखरी खनेका थिए । त्यसताका उक्त पोखरीमा सयौंका संख्यामा हरिणहरु चर्दै पानी पिउने ठाँउ भएकोले हरणबाट हरिवन भएको, दास्रो भगवानको नाम हरि ओमबाट हरिवन भएको, तेस्रो हालको सिन्धुली जिल्लाको धिमालेको चुरेमा रहेको बस्तिबाट दक्षिण समथल भावगमा हेर्दा हजारौं दुरी सम्म हरियो वन देखिने भएकोले पछि अपभ्रंस भई हरिवन भएको भन्ने रहेको छ । यसर्थ हरिण, हरिओम र हरियो वन जस्ता शब्दहरु अपभ्रंश भई विस्तारै हरिऔन हुदै हरिवन नामाकरण भएको जनविश्वस रहेको